माघ १५ । नेपाली बजारमा आज पनि सुनको भाउ सस्तिएको छ । दुई दिनमै सुनको मूल्य घटेर ११ सय सस्तिएको हो ।

बुधवार सुन प्रतितोला ५३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार दुई सय दुई रुपैयाँले भाउ घटेर सुन प्रतितोला ५४ हजार छ सय ९८ रुपैयाँ मा कारोबार भएको थियो ।

बुधवार डलरको बिनिमय दर ९९।७० रुपैयाँमा सिमित भएपछि सुनको भाउ घटेको हो । मंगलवार प्रति डलरको बिक्रीदर एक सय एक रुपैयाँभन्दा बढि थियो । आयातित सुनको खरीद डलरमा गरिने भएकोले पनि बिनमय दरमा प्रभाव पर्छ ।

यस्तै दुई दिनमा चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले सस्तिएर आठ सय ४० मा कारोबार भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।