जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिनुभयो । उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पु¥याइएको छ । दुर्घटनाको कारणबारे खुलेको छैन । बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।