काठमाडौं । दुर्गेस थापाको ह्यापी तिहार युट्युबबाट हटेको छ । उनले माफी समेत मागेका छन् । उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेको भन्दै उजुरी परेको थियो ।

गीतमा प्रतिबन्धित नशालु पदार्थ गाँजा खान उत्प्रेरितरप्रोत्साहन गर्ने शब्द अन्जानवस प्रयोग भएको भन्दै उनले माफी मागेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।