काठमाडौं । जिउँदै दुई दर्जन व्यक्तिलाई इट्टाभट्टामा हालेर मार्ने नेपाली कांग्रेसका नेता तथा सांसद महम्मद आफताब आलमको सरकारले सम्पत्ति छानबिन गर्ने भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले बिहीबार रौतहट प्रहरीलाई पत्र लेखि आलमलाई उपस्थित गराउन आग्रह गरेको छ । अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले अनुसन्धान थालेको हो ।

रौतहट प्रहरी कार्यालयले शुक्रबार जिल्ला अदालत रौतहटलाई विभागको पत्र बुझाउँदै आलमलाई पठाइदिन अनुरोध गरेको छ । आलमविरुद्ध रौतहटको राजपुरमा १२ वर्षअघि सामूहिक हत्याकाण्ड गराएको अभियोगमा मुद्दा चलिरहेको छ । मुद्दामा थुनछेक बहस जारी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।