काठमाडौं । भारतले नेपाल भूमी कालापानी, लिपुलेक लगायतलाई पनि आफ्नोतर्फ राखेर नक्शा सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । विरोधकै क्रममा नेपालस्थित भारतीय दुतावास अगाडी नै आगजनीको प्रयास भएको खुलेको छ ।
कुन समूहले आगजनी गरेको भन्ने नखुले पनि दुतावास अगाडी आगजनी गरिएको तस्बीर सार्वजनिक भएसँगै आक्रोशित समूहले दुतावासमै आगो लगाउन खोजेको तथ्य सार्वजनिक भएको हो ।
भारतले सिमा मिचेपछि सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघ लगायत विभिन्न संघ संगठनले दुतावास अगाडी गएर धर्ना र जुलुस निकालेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि सर्वदलिय बैठक डाकेर छलफल गरेका छन् । सरकारले यसअघि नै कालापानी, लिपुलेक लगायतको भाग नेपालको रहेको स्पष्ट पारिसकेको छ । प्रतिपक्षी कांग्रेसले पनि भारतको विरोध गरेको छ । सामाजिक सञ्जाल र सडकमा अहिले भारतको चर्को विरोध भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।