हेलीबाट जाँदा पनि नभ्याएपछि शेरमानद्धारा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता

काठमाडौं । बाग्लुङ २ ‘ख’को प्रदेशसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका शेरमान घर्तीले प्रेस विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएका छन् । यसअघि उनी हेली चढेर उम्मेदवारी फिर्ता गर्न गए पनि समय काटेपछि पुग्दा उम्मेदवारी फिर्ता हुन सकेको थिएन । निर्वाचन आयोगको नामावलीमा उनको नाम समावेश भएपनि उनले विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता गरेका हुन् ।
बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको छ । राजमोबाट खिमविक्रम शाहीले उम्मेदवारी दिएकोमा नेकपाका नेता घर्तीले बागी उम्मेदवारी दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।