काठमाडौं । मन्त्री पुनर्गठनको विषयमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको छ । प्रधानमन्त्री ओलीले आज मन्त्रीमण्डल पुनर्गठनको तयारी गरिरहेका छन् ।
मन्त्रीहरु हटाउने र थप गर्नेहरुको विषयमा रहेर छलफल केन्द्रित रहेको बताइएको छ । नेकपामाले आजै १२ बजे सचिवालय बैठक ठाकेको छ । सचिवालय बैठक लगत्तै मन्त्री हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री रहेको बताइएको बताइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।