काठमाडौं । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर गर्ने विषयमा केन्द्रित रहेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन अघि अध्यक्षद्धयले भण्डारीसँग भेट गरेका ह्न् । मन्त्री हेरफेर गर्ने विषयमा बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्रीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । केहीको मन्त्रालय परिवर्तन, केहीलाई बिदाई र केही नयाँलाई मन्त्री बनाउनेमा प्रधानमन्त्री रहेका छन् ।राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए । त्यसपछि दुवै अध्यक्ष शितलनिवास प्रस्थान गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।