काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विजयी सुरुवात भएको छ । रोल्पाको थवाङमा नेकपाका उम्मेदवार विजयी भएका हुन् ।
नेकपाका वडा अध्यक्ष पदका उम्मेदवार जनकबहादुर बुढामगरले १७४ मत लिएर विजयी भए । जम्मा २०९ मत खसेकोमा उनले १७४ मत लिएका हुन् । प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार कमल बहादुर रोक्का मगरले २० मत मात्र प्राप्त गेका थिए । थवाङमा १२८४ मतदाता रहेपनि उनीहरुले निर्वाचनमा चासो नदेखाउने गरेका छन् ।
Comments







