माघ ९ । बालक हत्याको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिला पक्राउ परेकी छिन् ।

घरेलु कामदारको रुपमा काम गर्ने नेपाली महिलालाई एघार महिने शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ति नेपाली महिलाको ठेगाना भने खुलाइएको छैन ।

दुबईबाट प्रकाशन हुने ‘सेभेन डेज’ नामको पत्रिका अनुसार नेपालस्थित आफ्नो घरमा आमाको मृत्यु भएकोले अन्त्येष्टि गर्न जान उनले मालिकसँग अनुमति मागेकी थिईन् । तर, बच्चाको बाबुले घर जाने अनुमति नदिएका कारण रिसले छोराको घाँटी थिचेर मारेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।