माघ ९ । महोत्तरीमा एक जना रिक्साचालक भ्रष्टाचारविरुद्धको अभियानमा आमरण अनशनमा बसेका छन् ।

जिल्लाको सुन्दरपुर गाविस–१ बस्ने रिक्साचालक राजकिशोर साहले हिजो सांझदेखि जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आमरण अनशन थालेका हुन् ।

महोत्तरी जिल्लालगायत देशभरि भ्रष्टाचार मौलाउदै गए पनि सम्बन्धित निकायहरु यसप्रति गम्भीर नभएको भन्दै उनले सात सूत्रीय मागसहित आमरण अनशन सुरु गरेका हुन् ।

उनले काठमाडौंमा मौन अनशन बसेकी महोत्तरीकी शारदाभुसाल झाको माग पूरा गर्नुपर्ने पर्ने बताएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।