माघ ८ ।  शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त विवादित डिन डा शशी शर्मा हटाइएका छन् ।

त्रिभुवन विश्वविद्यालयले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको निर्देशनपछि उनलाई बर्खास्त गरेको हो ।  शर्मालाई डिनमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न रेग्मीले मंगलबार निर्देशन दिएका थिए ।

शर्मालाई बर्खाष्त गरेको पत्र रेग्मीलाई उपकुलपतिका सहयोगी राजु श्रेष्ठ र ईश्वरमान महर्जनले बालुवाटार पुगेर मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीलाई बुझाएका छन् ।

१२ दिनयता आमरण अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले भने डिनलाई हटाएपनि अनसन नतोड्ने भएका छन् । मेडिकल माफियाको दबाबमा राजीनामा दिन बाध्य पूर्व डिन प्रकाश सायमीको पुनःस्थापना लगायतका आफ्ना मागहरु सम्बोधन नभएसम्म अनसन नतोड्ने उनले बताएका छन् ।

१२ दिनदेखि अनसनरत डा। केसीले मेडिकल शिक्षामा सुधार लगायतका मागहरु राखेर यसअघि दुईपटक अनसन बसिसकेका छन।

नेपाल चिकित्सक संघले केसीको पक्षमा ऐक्यबद्धता जनाउदै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।