बलात्कार आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरीले गोली हानी मार्यो

काठमाडौं । भारतीयले प्रहरीले आफ्नो नियन्त्रणमा रहेका चार जना बलात्कारको घटनाका आरोपीलाई गोली हानी मारेका छन् । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको प्रहरी इन्काउन्टरूमा मृत्यु हो । बुधवार पक्राउ परेका उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।
तर प्रहरीले शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा ‘भिडन्त’मा मृत्यु भएको जनाएको छ । बिबिसी हिन्दीका अनुसार घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको छ ।
चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोज्ने क्रममा भिडन्तमा निधन भएको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बीबीसीलाई बताएका छन् । उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।