सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
बम विस्फोट गराउनेको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । विगत केही दिनदेखि हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित गाउँपालिका कार्यालयविरुद्ध आन्दोलन हुँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।