विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक स्कुलहरु रुग्ण उद्योग जस्ता भएको बताएका छन् । शिक्षालाई उत्पादनमा जोड्न नसक्दा अधिकांश सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तो भएको उनले बताए । उत्पादनमा जोडिए विद्यालययहरुको सवलीकरणको प्रकृया अघि बढ्ने उनको भनाई थियो । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘उत्पादनसँग जोडिएका विद्यालयहरु सबल र स्तरीय भएका उदाहरण पनि थप्रै छन् ।’ उनले सरकारले अहिले सबै सार्वजनिक स्कुलहरुलाई सवलीकरण गर्ने प्रकृया सुरु गरेको बताए ।

‘स्कुलको दुईवटा कार्यभार हुन्छ । एउटा शिक्षात्मक कार्यभार अर्को स्कुल विकाससंग गासिनुपर्छ ।’ जुन बिद्यालय शिक्षात्मक काममा मात्रैं सिमित भए तिनिहरुले धेरैं विकास गर्न सकेनन् मन्त्री पोखरेलले भने, जस्ले विकाससंग जोडे ति स्कुलहरु उदारणिय ढंगले अघि जान सके ।’

नेपालमा साधारण शिक्षा ८० प्रतिशत र प्राविधिक शिक्षा २० प्रतिसत मात्र अध्ययन भईरहेकाले शिक्षाको विकास हुन नसकेको उनको जिकिर थियो । शिक्षालाई विकाससंग जोड्नु अपरिहार्य आवश्यकता भएको बताउँदै मन्त्री पोखरेलले सम्भ, सक्षम, उत्पादनशिल नागरिक उत्पादन गर्ने शिक्षा अबको आवश्यकता भएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।