सरकारले यी चार व्यवसायीलाई राख्यो कालोसूचीमा

काठमाडौं । सरकारले नियम अनुसार काम नगर्ने चार व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चार व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो । कानुन अनुसार कालोसूचीमा परेका तीन व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन् ।
श्री सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगर १३ तीनकुनेलाई जिल्ला समन्वय समिति मुस्ताङको आग्रहअनुसार एक वर्ष कालोसूचीमा राखिएको छ ।
कार्यालयले मध्यपुर ठिमी भक्तपुरको श्री शान्तिरराम जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । जिल्ला समन्वय समिति जुम्लाको आग्रहमा कालोसूचीमा राखिएको हो । श्री चौलागाईं निर्माण सेवा खाँडाचक्र नगरपालिका १ कालिकोटलाई जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालय कालिकोटको आग्रहमा एक वर्ष कालोसूचीमा राखिएको छ ।
श्री अरनिको र त्रिशुली जेभी काठमाडौं महानगर १६ बालाजुलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नुवाकोटले आग्रह गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।