चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शर्माको नियुक्ति निस्क्रिय बनाएर त्यसको जानकारी आफूलाई २४ घन्टाभित्र दिन उपकुलपति हिराबहादुर महर्जनलाई लिखित निर्देशन समेत दिएका छन्।
सिंहदरबारमा मंगलबार केही मन्त्रीहरुसँगको छलफल पछि त्रिविका कुलपति समेत रहेका रेग्मीले उपकुलपति डा। हिराबहादुर महर्जनलाई पत्र मार्फत त्यस्तो निर्देशन दिएका हुन् । रेग्मीले डीन डा।शर्मालाई बर्खास्त गर्न सोझै नभनेको भएपनि शिक्षामन्त्री माधव पौडेलको निर्देशनलाई कार्यन्वयन गर्न पत्रमार्फत उपकुलपतिको ध्यानाकर्षण गराएको पनि जनाइएको छ ।
यसैबीच, मन्त्रीपरिषद अध्यक्ष रेग्मी र शिक्षामन्त्री माधव पौडेलले त्रिवि शिक्षण अस्पताल पुगेर अनसन फिर्ता लिन डाक्टर गोबिन्द केसीलाई आग्रह गरेका छन् । तर केसीले भने माफ गर्नुहोला भन्दै माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन् ।
यता, सरकारले माग पूरा नगरेको भन्दै टिचिङ अस्पतालका डा. भगवान कोइरालासहित सय भन्दा बढी डाक्टरले राजीनामा दिएका छन् । केसीको मागमा ऐक्यबद्धता जनाउँदै विभिन्न ठाउँमा आन्दोलन सुरु भएको छ भने बिरामी भने मर्कामा परेका छन् ।