Wednesday, August 12, 2026
26.7 C
Kathmandu
Home समाचार १५ को ज्यान जाने त्यो दु*र्घटना: एक पत्रकारले खोले यस्तो रहस्य

१५ को ज्यान जाने त्यो दु*र्घटना: एक पत्रकारले खोले यस्तो रहस्य

काठमाडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस आइतबार दु*र्घटना हुँदा १५ जनाले ज्यान गुमाउनु पर्यो । कतिपयले चालकको कारण बस दु*र्घटना भएको दाबी गरेका छन् भने कतिले आ–आफ्नै तर्क गरिरहेका छन् । सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले भने बस दु*र्घटनाबारे यस्तो तर्क बाहिर ल्याएका छन्- जसमा बस दु*र्घटना सडकको अवस्थाकै कारण दुर्घटना भएको पुष्टि हुने तर्क बढी पाइन्छ ।

स्वार,६ किलोमा भएको बस दु*र्घटना सम्बन्धी मेरो निजी विचार

– यो सडक प्राय सधै प्रयोग गर्ने र यहीको स्थानीय भएको र दु*र्घटना लगतै घटनास्थलमा पुग्ने एक सञ्चारकर्मी र स्थानीयको आँखाले हेर्दा बस दुर्घटनाको मुख्य कारण यस्ता छन्:

– भन्नेले जे जे भनेपनि यो बस दुर्घटनाको मुख्य कारण सडक नै थियो ।

– रिर्जभ आएको बस, यो सडकसँग अभ्यस्त नभएकाले पनि दुर्घटना हुनु अर्काै कारण हो ।

– यो सडक खण्डको डाँडापाखर सम्म कालोपत्रे हुदैछ, तर मोडहरुमा कालोपत्रे गरिएको छैन । मोड भन्दा माथीबाट आउँदा कालोपत्रे थियो, जब कालोपत्रे सकियो चालकले एक गेयर डाउन गरेर बस अघि बढाएका थिए । मोड ठुलौ भएपनि पिच नभएकोले मोड भासिएको थियो । यो रुटमा गाडी नचलाएको चालक भएकाले बस कोल्टो हुन्छ भनेर चालकले माथिल्लो ट्रयाक्बाट बस हालेका थिए । बस दुइ नम्बर गेयरमा थियो, माथिल्लो ट्याक्बाट हाल्दा बस सिधै छेउमा पुग्यो र चालकले नियन्त्रण गर्न सकेनन् अनि बस खस्यो । (दुर्घटना स्थलमा यो सडकमा सवारी चलाउने केही चालकहरुसँग पनि कुराकानी मा यो तथ्य)

– रिज़र्व गर्दा सम्बंधित रुटमा चलिरहेकै सवारी साधन प्रयोग गर्नु पर्ने रहेछ । यो दुर्घटना मात्रै होईन अन्य ठॉंउ को दुर्भाग्यपूर्ण दुर्घटना हेर्दा यस्तै देखियो ।
तस्विरमा रातो लगाइएको भाग भाँसिएको छ, यो भागबाट नहालेर चालकले माख्लो भागबाट गाडी हालेको देखिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।