काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मंगलबार लाहौर उच्च अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँको सेनाले विरोध जनाएको छ ।
पाकिस्तानको ७२ वर्षे इतिहासमा झण्डै आधा समय सत्तामा रहेको सेनाले पूर्व राष्ट्रपति मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला हुनु दुःखद रहेको भन्दै त्यसको निन्दा गरेको छ । पाकिस्तानी आर्मीले मुशर्रफलाई मृत्युदण्ड दिने लाहौर उच्च अदालतको फैसलाप्रति टिप्पणी गर्दै आफ्ना पूर्व प्रमुख कुनै पनि हालतमा देशद्रोही या गद्दार हुनै नक्सने बताएको छ ।
Comments