भोलि सुर्य ग्रहणः सार्वजनिक बिदा ?

काठमाडौं । खण्डग्रास सूर्यग्रहण लाग्ने दिने बिहीबार अर्थात भोलि सरकारले सार्वजनिक बिदा दिएको छैन । तुलसीपुर उपमहानगरपालिका दाङले भने आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस सल्लाहकार किरण भट्टराईले भोलि सार्वजनिक बिदा नभएको बताए ।
यता, तुलसीपुर नगरपालिकाले भने बिहीबार शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको हो । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले ग्रहणको समयमा विद्यार्थीको आँखा र स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै विद्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरेको हो।बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म ग्रहण देखापर्ने भएकाले बिदा दिइएको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।