काठमाडौं । विश्वभर पुनः एक पटक तेस्रो विश्व युद्धको सन्त्रास फैलिएर गएको छ । अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी इरानी कुद्स फोर्सका प्रमुख कासिम सोलेमानीको हत्या गरेपछि विश्वयुद्धको बादल मडारिन थालेको हो ।
अमेरिकाले युद्ध अन्त्यका लागि सोलेमानीमाथि आक्रमण जनाए पनि त्यसको भोलिपल्टै राष्ट्रपति ट्रम्पले रानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका छन् ।
यता, इरानले सुलेमानी हत्याको उचित बदला लिने धम्की दिइसकेको छ । पाकिस्तानका पत्रिकाहरुले विश्व अहिले तेस्रो विश्वयुद्ध नजिक पुगेको दाबी गर्दैै समाचारहरु प्रकाशन गरेका छन् । विश्वका बौद्धिक समुदायले पनि तेस्रो विश्वयुद्धको खतरा उत्पन्न भएको बताउन थालेका छन् । त्यसको प्रभाव स्वरुप तेलको भाउ उकालो लागेको छ भने सेयर बजारहरु ओरालो लाग्न थालेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।