काठमाडौं । सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरु खान अयोग्य रहेको फेला परेको हो ।

आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरु अहिले सरकारी स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा वितरण भइरहेका छन् ।

०७५–०७६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य संस्थाहरुबाट निःशुल्क वितरण हुँदै आएका विभिन्न औषधिको २८५ ब्याच परीक्षण गरेको थियो । तर, अनुसन्धान रिपोर्ट भने सार्वजनिक भएको छैन ।

अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।