नेपाल इन्सुरेन्सकाे ७.८९५ लाभांश घोषणा



काठमाडौं । नेपाल इन्सुरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट ७.८९ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.८९ नगद लाभांश दिने निर्णय गरेको हो ।
समितिको निर्णय नियामक निकाय र आगामी साधारण सभाबाट पारित हुन भने बाँकी रहेकोछ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ । गत वर्ष कम्पनीले ७.५५ बोनस सेयर वितरण गरेको थियो ।