पुस  ३० । काठमाडौंबाट सिन्धुलीको लागि छुटेको रात्रीबस ना ४ ख १५०१ नम्बरको बस महोत्तरीको बर्दिवाससम्मको जंगल क्षेत्रमा लुटपाट भएको छ।


कटुवा पेस्तोल र खुकुरी सहितका ९ जना लुटेराहरुले बसका चालकलाई नियन्त्रणमा लिएर लुटेराहरुले यात्रुहरुबाट नगद, सुनचाँदीका गहना, मोवाइललगायतका सरसामान गरी करिब ६ लाख रुपैयाँ मूल्य बराबरको  लुटेराले लुटेर लगेको प्रहरीले जनाएको छ ।

चलिरहेको बसमा  हतियार देखाएर बसचालक कृष्णकुमार श्रेष्ठलाई कुटपिट गर्दै नियन्त्रणमा लिएको यात्रुहरुले बताएका छन् । कुटपिटबाट घाइते भएका बस चालकको बर्दिवासमा उपचार भैरहेको छ ।

लुटेरा मध्येको एक जनाले बस चलाएको र बाँकी ८ जनाले लुटपाट गरेको  थिए ।

पुर्व पश्चिम राजमार्गको महोत्तरी र सर्लाहीको जंगल क्षेत्रमा रात्री बसमा पटक पटक लुटपाट हुने भएपनि पनि अहिले सम्म प्रहरी लुटेरालाई प्रक्राउ गर्न सकेको  छैन ।

लुटेराहरुको खोजी कार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।