पुस ३० । (रासस)चितवनको भरतपुर–१४ कल्याणपुरमा शुक्रबार राती सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना १ ह ८४६ नम्मरको टेम्पोले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवनगरका धनबहादुर मिजारलाई पञ्चरत्न फिडनजिकै ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते ४५ वर्षीय मिजारको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा राति ११ बजे मृत्यु भएको हो ।

ठक्कर दिएलगत्तै फरार टेम्पो चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।