काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री ओलीले डाडुपन्यु आफ्नै हातमा लिन खोज्दा अहिलेको अवस्था आएको बताएका छन् ।
गजुरेलले नेकपामा अहिले पनि पूर्वएमाले र पूर्वमाओवादी पक्ष रहेको र उनीहरूबीच मुख्य विषयमा भागबन्डा हुनुपर्ने बताए । पार्टीको संगठनदेखि मन्त्रीसम्म भागबन्डाकै आधारमा बनाइएको भन्दै सभामख कसले पाउने भनेर बहस गर्ने विषय नै नभएको बताए । प्रधानमन्त्रीले आफू अनुकूलको व्यक्ति सभामुख बनाउन खोज्दा समस्या आएको भन्दै डाडुपन्यू सबै आफ्नै हातमा लिन खोजेको आरोप समेत लगाए ।
दुई वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डा हुँदा राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष तत्कालिन नेकपा एमाले र प्रतिनिधि सभाको सभामुख र उपराष्ट्रपति माओवादीको भागमा परेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।