काठमाडौं । तपाईले हिजोसम्म पैसा जम्मा गर्न भौचरमा नाम र नम्बर राखेमा हुने थियो । तर आजदेखि त्यतिले पुग्ने छैन । तपाईले तिन पुस्ते विवरण खुलाउनुपर्ने छ । यति मात्र हैन नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेसँगै पहिले भन्दा केही झन्झटिलो व्यवस्था आएको हो ।

सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन् । एउटा सफ्टवेयरको नाम नै गोएमएल हो । सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रयोग गरिदैं आएकोछ । विश्वका धेरै देशका बैंक तथा वित्तीय संस्थाहरुले यस सफ्टवेयरको प्रयोग गरिरहेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुनेछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।