अबको सभामुख अग्नि सापकोटा पक्का, नेकपा सचिवालयबाट निर्णय



काठमाडौं । अबको सभामुख अग्नि सापकोटा हुने पक्का भएको छ । नेकपा सचिवालय बैठकले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपाको संसदमा स्पष्ट बहुमत रहेकाले उनी अबको सभामुख बन्ने निश्चित भएको हो ।
यससँगै, लामो समयदेखि रिक्त सभामुख पद पूर्ति हुने भएको छ । आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।