काठमाडौं । पूर्वमन्त्री श्रीप्रसाद जबेगूको कथा संग्रह साप्थबा विमोचन भएको छ । शनिबार सातदोबाटो स्थित चुम्लुङहिमा पूर्व कुलपति बैराँगी काइला, पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री राम कार्की डा. देवी क्षेत्री दुलाल लगायतले विमोचन गरेका हुन ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति काइलाले नेपाली साहित्यमा मातृभाषाबाट कृतिको नामाकरणले नयाँ आयाम थपिएको बताए । उनले कृतिमा बुनिएको कथाहरु मन छुने रहेको बताए उनले भने ‘श्रीप्रसाद जबेगूको कथा भन्ने तरिका राम्रो छ । राजनीतिमा मात्र होइन उहाँले साहित्यमा समेत ठूलो योगदान गर्न सक्ने सम्भावना छ ।’
पूर्वमन्त्री कार्कीले संग्रहमाथि समिक्षा गर्दै कार्लमाक्सले पनि बाल दागको कवितालाई लिएको तथ्य सबैलाई जानकारी नभएकोले कम्युनिष्टहरु साहित्य, कला र मनोरञ्जन तर्फ ध्यान हुँदैन भन्ने आरोप लाग्ने गरेको तर त्यो गलत भएको बताए । उनले कार्लमाक्र्स, लेनिन र माओ साहित्यको ठूलो पारखी रहेको समेत उल्लेख गरे ।
कार्कीले जातीय विभेद र समस्यलाई जोड्दै इतिहासमा युरोपियन देशमा जस्तो हाम्रोमा जातिय विभेद नभएको बताए । उनले भने ‘युरोपियन देशमा जातीय विभेद यतिसम्म थियो कि, सेता मान्छेहरुले काला जातिलाई मारेर अस्पतालमा मेडिकल सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुलाई तिनीहरुको अङ्ग उदाहरणका रुपमा देखाएर पढाउने समेत गर्दथे, नेपालमा भने त्यस्तो अवस्था होइन, तैपनि जातिय विभेद नै छैन भन्ने चाँहि होइन ।’
अर्का समिक्षक डा. देवी क्षेत्री दुलालले नेपाली साहित्य क्षेत्रमा मात्र नभइ लिम्बुहरुको योगदान राष्ट्रिय राजनीतिमा पनि इतिहासंदेखि वर्तमानसम्म उल्लेख्य रहेको चर्चा गरे । जबेगूद्धारा लिखित साप्थबामा संग्रहीत कथाहरु ग्रामीण भेगमा पिछडिएका, गरिब, निमुखा, असाह्य, अशिक्षित समुदायको यर्थाथपरक जीवन संर्घषलाई सरल एवं सुन्दर तवरले कथामा बुनेको हुनाले, कथाकार जबेगुमा लेखन क्षमता अपार क्षितिजिय रहेको बताए ।
मुन्धुमविद डि.बि आङबोहाङले लिम्बू भाषामा साप्थबा भनेको लेखिछोडेको अर्थ हुने उल्लेख गर्दै कथा प्रस्तुतिका दृष्ट्रिकोणले अति अत्तम रहेको बताए ।
मन्त्री श्री प्रसाद जबेगुको राजनीतिक क्षेत्रका संघर्ष, उनको जीवन यात्राका आरोह अवरोह साथै सफलताबारेमा पत्रकार सन्दिप राईले बोलेका थिए ।
कथाकार जबेगूको यो दोस्रो कृति हो । यस अघि उनको निबन्ध संग्रह लिम्बुवान ः लिम्बू कि लिम्बुवानवासीको २०७३ मा प्रकाशति छ । यो निबन्धसंग्रहमा खास गरि संविधान लेखनको प्रक्रिया कसरी अगाडी बड्यो ? जातिवादीहरुले विखण्डन मच्चाइरहेका बेला माक्र्सवादी दृष्टिकोणमा लिम्बुवानको सिमा र अवस्था के हो भन्ने उल्लेख छ । साथै लेखकको जीवनका अनेकन पाटाहरु र सिंहदरबारसम्मको यात्रा सुष्म रुपमा समेटिएको छ ।
आज विमोचन भएको पुस्तक साप्थवा कथा संग्रहमा राजनिति, सामाजिक र साँस्कृतिक रुपान्तरणका माग गर्ने १५ ओटा कथाहरु समेटिएका छन् ।
पुस्तक सन्तवीर नेम्बाङ र शकुन्तला नेम्बाङले प्रकाशित गरेका हुन । याक्थुङ लेखकसंघले आयोजना गरेको विमोचन कार्यत्रम संघका महासचिव टंक सेलिङको अध्यक्षता र सदस्य रोहित आङ्बोले सञ्चालन गरेका थिए ।
पूर्वमन्त्री जबेगूको साप्थबा कथा संग्रह विमोचन
Comments