![]() |
| चन्द्रकला पुनको झुपडीमा बालबालिका र बुढा ससुरा । |
पुस २८ । जाजरकोट जिल्ला वन कार्यालयले शुक्रबार सार्वजनिक स्थलका घरटहरा उठाउन सुचना टाँस गरेपछि झुपडिमा बस्ने एक महिलाले बिष सेबन गरेकी छन् । तत्काल बास बस्नको लागि बैकल्पिक ब्यबस्था नहुदा उनले बिष सेवन गरेकी हुन् ।
स्थायि निवास पुन्मा गाबिस वडा नं.३ कि चन्द्रकला पुनले आफ्नो टहरा उठाउन जिल्ला बन कार्यालयले सुचना टाँस गरेपछि जिल्ला बन कार्यालयका रेञ्जरलाई बोलाई रेन्जर सामु बिष सेवन गरेकि हुन् । बालबच्चाको पठनपाठनको लागि खलंगा १ रानागाउँको सार्बजनिक ठाउमा गत मंसिर देखि काठको टहरा बनाई बसोबास गर्दै आएकि थिईन् । त्यहि झुपडिबाट बच्चाबच्चिलाई पठनपाठनको लागि बिद्यालयमा पठाउदै आएकी छिन् । पुनले बिष सेवन गर्नु पुर्ब बन कार्यालयमा गएर आफ्नो सार्वजनिक जग्गा अधिकरण गर्ने उद्देश्य नभएको,बच्चाबच्चिको पढाईलाई असर नपर्ने गरी बैकल्पीक बासको ब्यबस्था तथा चालु शैक्षिक शत्र सम्मा उक्त टहरामा बस्न पाउ भन्ने जिबकालाई अनुरोध गरेपनि सुनुवाई नै नभएपछि उनिले बिष सेवन गरेको प्रत्यक्ष दर्सिहरु बताउँछन् ।
चन्द्रकलाले बिष पियपछि जिल्ला अस्पताल जाजरकोटमा उनको उपचार भैरहेको छ । उनको स्वास्थ्य स्थितिमा सुधारात्मक रहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।
एक छोरा र तिन छोरी भएकी चन्द्रकलाका लोग्ने बच्चाबच्चिको पढाई खर्च जुटाउन केहि समय अगाडिदेखि भारतको सिम्लामा मजदूरी गरीरहेका छन् । सार्वजनिक जग्गाको टहरामा बस्दै आएकी चन्द्रकलाको साथमा एक छोरा तिन छोरी र ९५ बर्षिया ससुरा मात्र साथमा रहेका छन् । जाजरकोटको सदरमुकाम एरीयामा मात्र जिल्ला नापि कार्यालय र जिल्ला बन कार्यालयको तथ्याङ्क अनुसार सार्वनिका स्थलमा पक्किघर देखि झुपडि सम्मा निर्माण गर्नेको संख्या झन्डै पौने दुई सयको हाराहारीमा देखिन्छ । जिबकाले हाल सम्मा पहुचमा रहेर पक्कि घर बनाएकाहरुलाई कुनै सुचना टाँस गर्न सकेको छैन भने झुपडिहरुमा सुचना टाँस गर्नुका साथै गत बर्ष मात्र झन्डै एक दर्जन टहराहरु भत्काएको थियो ।






