अख्तियार प्रमुख लोकमान र पत्रकारहरुबीच मोरङमा ताण्डप, २ दर्जन पत्रकार थुनिए

पुस २८ । मोरङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की र पत्रकारहरुबीच विवादले उग्र रुप लिएको छ ।

कार्कीलाई सुपारी तस्करीको बिषयमा प्रश्न सोध्दा पत्रकारमाथि जंगिएर लागेको पत्रकारहरुले आरोप लगाएका छन् ।

कार्कीले आंफुहरुमाथी दुरब्यबाहर गरेको भन्दै आन्दोलित करिब २० जनाको संख्यामा रहेका पत्रकारहरुलाई प्रहरीले थुनेर राखेको छ ।

लोकमानलाई सुपारीको बारेमा प्रश्न गर्ने बित्तिकै रिसाएर गाली गरेको थिए । त्यसलगत्तै प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।