बेलायत पठाइदिन्छु भन्दै राप्रपा नेताद्वारा ठगी

काठमाडौं । नुवाकोटकी धनमाया तामाङले आफुलाई बेलायत पठाइदिन्छु भन्दै राप्रपाका एक केन्द्रीय नेताले ठगी गरेको आरोप लगाएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य कमानसिंह लामाले आफूलाई बेलायत पठाउने प्रलोभन देखाएर ठगी गरेको तामाङले आरोप लगाएकी हुन् ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दै तामाङले ठगीको रकम फिर्ता दिलाइदिन र दोषीलाई कारबाहीको माग गरेकी हुन् । ‘मलाई बेलायत लैजान्छु भन्दै कमानसिंह लामाले नौ लाख ५२ हजार रुपैयाँ ठगी गरे,’ धनमायाले भनिन्, ‘मैंले न्याय पाउनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ ।’ आफ्नो आर्थिक अवस्था कमजोर भएपनि विदेश गएर अवस्था सुधार्न सकिन्छ कि भनेर आफन्तसँग सरसापट गरेर रकम जोहो गरेर लामालाई दिएको र ठगीमा परेर समस्यामा परेको धनमायाले बताएकी छन् ।

तामाङले छिटो भन्दा छिटो आफूले न्याय पाउनु पर्छ भन्दै सरकार र सरोकारवालासित सहयोगको अपिल गरेकी हुन् । उनले आफूले दुईपटक गरी एक लाख रुपैयाँ मात्र बुझेको स्वीकार्दै बाँकी रकम नपाएको बताएको राजधानी दैनिकमा समाचार छ ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...