गरिब, असाहयलाई लक्षित गर्दै बिर्तामोडका व्यवसायीले दश रुपैयाँमा वितरण गरेको खाना करिब १५ हजारले खाएका छन् ।
मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा गत पुस १६ गतेदेखि सञ्चालन गरिएको १० रुपैयाँको खाना आजसम्म वितरण गरिएको हो । विर्तामोडका युवा व्यवसायी प्रविण अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले विपन्न समुदायलाई लक्षित गर्दै वितरण गरिएको खाना दैनिक ५०० जनाले खाने गरेको प्रविणले बताए । दैनिक १५ हजार रुपैयाँ खर्च गर्दै एक महिनासम्म चिसोको समयमा खाना प्रदान गरिएको अग्रवालको भनाइ छ ।
मानवताको सेवा नै जीवनको सर्वाेत्तमकार्य भएको उल्लेख गर्दै उनले यो कार्य आगामी वर्षमा पनि निरन्तरता प्रदान गरिने बताए । सेवा भावले १० रुपैयाँमा खाना वितरण गर्न थालिएपछि सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुले खाना खाएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।