काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले आज बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छिन् ।
काठमाडौंको खुमलटारमा पुगेर पोलिटले अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् । भेटवार्तामा दुई देशबीच सदियौंदेखिको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गरिरहेको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।