पुस २५ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बैठक आह्वान गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बल्खुमा भएको कार्यक्रममा एमाले अध्यक्ष खनालले दलहरु अहिलेसम्म अन्तरिम संविधानको भावना अनुसार चलेको जिकिर गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा खनालले माघ १० गतेसम्म बैठक बोलाउने गरी छलफल भैरहेको खुलासा समेत गरेका छन् ।

कार्यक्रममा एमाले सभासद्हरुलाई समानुपातिक प्रमाणपत्र वितरण पनि गरिएको थियो । प्रमाणपत्र वितरण गर्दै खनालले संविधान सभामा आफ्नो योग्यता र दक्षता देखाएर काम गर्न निर्देशन समेत दिएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।