खिलराज रेग्मीले बैठक आह्वान गर्नुपर्छ : खनाल

पुस २५ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बैठक आह्वान गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बल्खुमा भएको कार्यक्रममा एमाले अध्यक्ष खनालले दलहरु अहिलेसम्म अन्तरिम संविधानको भावना अनुसार चलेको जिकिर गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा खनालले माघ १० गतेसम्म बैठक बोलाउने गरी छलफल भैरहेको खुलासा समेत गरेका छन् ।

कार्यक्रममा एमाले सभासद्हरुलाई समानुपातिक प्रमाणपत्र वितरण पनि गरिएको थियो । प्रमाणपत्र वितरण गर्दै खनालले संविधान सभामा आफ्नो योग्यता र दक्षता देखाएर काम गर्न निर्देशन समेत दिएका थिए ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...