पुस २४ । नागरिक दैनिकका प्रधान सम्पादक प्रतिक प्रधानको सवारी साधनमा आक्रमण भएको छ ।

प्रधानले चलाएको उनको कारमाथि अज्ञात समूहले मंगलबार साँझ साँझ बानेश्वर–भीमसेनगोला मार्गमा आक्रमण भएको हो ।

तीन/चारवटा मोटरसाइकलमा आएका आक्रमणकारीले  प्रधानले चलाएको बा५च ३९५९ नम्बरको गाडीमा तरबार, हक्की स्टिक र लाठीले एक्कासी आक्रमण गरेको प्रधानले बताएका छन् ।

प्रहरीले आक्रमणकारीको खोजि भइरहेको जनाएको छ ।

मंगलबार कोरियाका राजदूतको अवैध धन्दा नामक समाचारलाई लिएर उनीमाथि आक्रमण भएको आशंका गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।