काठमाडौं । तत्कालिन नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठनको उपाध्यक्ष तथा हाल पार्टी एकतापछि बनेको नेकपा निकट विद्यार्थी संगठनकी एक नेतृले सामाजिक सञ्जाल फेसबुकमार्फत तत्कालिन माओवादी र जनयुद्धलाई होच्याउने अभिव्यक्ति दिएकी छिन् ।
उनले पार्टीले आयोजना गरेको कार्यक्रम जनयुद्ध दिवसको नभएको जिकिर गरेकी छिन् । ‘जनयुद्धलाई अवमूल्यन गर्न खोजिएको होइन तर आज नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा पार्टीका कार्यकर्ता र शुभचिन्तक सहभागी भएको कार्यक्रम जनयुद्ध दिवसको कार्यक्रम होइन ।’ उनले फेसबुकमा लेखेकी छिन् ।
जनयुद्ध दिवसको अवसरमा फागुन १ गते आयोजना गरिएको कार्यक्रमबारे उनले जनआन्दोलनमा सहभागी भएका र जनयुद्धमा सहभागी सम्पुर्ण नेपाली जनताको सम्मान साथै शहिदहरुको सम्झनाका लागि हो भनेर सुरुमा लेखे पनि बिच भागमा भने जनयुद्ध दिवसको कार्यक्रम नभएको जिकिर गरेकी हुन् । उनले नेपाली जनताका लागि भएका सम्पुर्ण उपलब्धिहरुलाई समिक्षा गर्दा जनआन्दोलनलाई कम आकलन गर्ने हो भने त्यो न्यायोचित हुँदै हुदैन भन्दै जनयुद्ध दिवसको कार्यक्रम नभएको तर्क गरेकी हुन् । उनको अभिव्यक्तिको अहिले चर्को आलोचना समेत भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।