काठमाडौँ, ५ पुस । ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको परिसरका प्रहरी उपरीक्षक रामदक्त जोशीले जानकारी दिए ।

उनका अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका क्रममा सिलवालको चार वर्षको कार्यसम्पादन मूल्याँकन दुई खालको आएको थियो । यो कसको लापरबाहीका कारण भएको थियो भन्ने कसूरको अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धान गर्नेछ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।