विजय सन्तोषी राई
धनकुटा २२ पुस । अन्तराष्ट्रिय आमन्त्रण शहिद भीम नारायण श्रेष्ठ गोल्ड कप फुटबल प्रतियोगिताको   धनकुटामा हुने भएको छ ।

  शहिद भीम नाराण श्रेष्ठ अन्तराष्टिय गोल्ड कप आयोजक समितिको आज सम्पन्न भएको बैठकले अन्तराष्टिय आमन्त्रण शहिद भीम नारायण गोल्ड कप फुटवल प्रतियोगिताको दशौ स्करण आगामी फाल्गुणको दोस्रो साता १५ गते देखी धनकुटा टुडीखेलमा गर्ने निर्णय गरेको आयोजक समितिका सचिव रोशन श्रेष्ठले बताए ।

       अन्तराष्टिय गोल्ड कप आयोजक समितिका अध्यक्ष अशोक भगत श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको बैठकले रोशन श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, गोविन्द राईको संयोजकत्वमा खेद मैदान मर्मत समिति, नरेश श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, रुपेश श्रेष्ठको संयोजकत्वमा स्वयमसेवकसमिति  बिनय राईको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति,सुमन श्रेष्ठको संयोजकत्वमा टिम व्यवस्थापन समिति गठन गरी प्रतियोगितालाई सफल बनाउन परिचालित गरेको आयोजक समितिका उपाध्यक्ष शम्भु प्रधानलेजानकारि दिए  ।

      भुटान,सिक्किम, बंगालादेश लगायत नेपालका ए डिभिजन क्लवका टिमहरु र पूर्वाञ्चलका उत्कृष्ट टिमहरु गरी जम्मा आठ वटा टिमहरुले भाग दिने उक्त अन्तराष्टिय गोल्ड कप प्रतियोगिताको उपाधि हात पार्ने टिमलाई एक लाख सहित शहिद भीम नारायण अन्तराष्टिय गोल्ड कप,मेडल र उपबिजेतालाई ५० हजार नगद ट्रफी,मेडल  प्रमाण पत्रहरु प्रदान गरिने सचिव  आयोजक समितिका सदस्य शिसिर श्रेष्ठले वताए ।
        आयोजक समितिका सचिव रोशन श्रेष्ठका अनुसार बेस्ट किपर,बेस्ट डिफेन्स,वेस्ट मिडफिल्ड,वेस्ट स्टाईकर,उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार समेत प्रदान गरिने  र अन्तराष्टिय गोल्ड कप संचालन गर्न करीव २० लाख रुपैया खर्च हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक रोशन श्रेष्ठले वताए  ।

बंगादेश,भारतका क्लव लगायत नेपालका ए डिभिजन क्लवहरु पूर्वाञ्चलकै उत्कृष्ठ क्लवहरु भाग लिएको गत बर्ष भएको नौ सस्करनको अन्तराष्ट्रिय शहिद भीम नारायण गोल्ड कप फुटबल प्रतियोगितामा बिर्ता युथ क्लव झापा बिजेता र ब्वाईज युनियन क्लव काठमाण्डौ उपबिजता भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।