एमाओवादी नेता भट्टराई र अमेरिकी राजदूत बिच भेटवार्ता

पुस २२ । एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडे बिच  भेटवार्ता भएको छ ।

 भट्टराई निवास सानेपामा भएको भेटमा राजदूत बोडेले संविधानसभाको पहिलो बैठक, संविधान र सरकार निर्माण तथा आर्थिक विकासका एजेन्डाका विषयमा छलफल भएको  थियो।

 भेटमा डा भट्टराईले आफ्नो पार्टी सरकारमा नजाने, सरकार निर्माण गर्ने र गिराउने खेलमा नलाग्ने ,यसैगरी भट्टराईले अब चाँडै  नै संविधानसभा बैठक बोलाएर एक वर्षभित्रमा संविधान निर्माणमा लाग्ने बताएको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले बताएका  छन्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।