पुस २२  ।मंगल ग्रहमा जान आवेदन छनौट भएका  १ हजार ५८ जना  मध्ये एक जना नेपाली पनि जाने भएका छन् ।

मंगल ग्रहमा मानव सदाका लागी  लौजाने  योजना अनुसार  नेदरल्याण्डस्थित ‘मार्स वान’ संस्थाले छानेका मध्ये एक जना नेपाली मंगल ग्रह जाने भएका हुन् ।

यस्तो मौका पाउनेमा पाल्पा रामपुरका समीर न्यौपाने रहेका छन् ।

मार्स वानले पहिलो चरणको नामावाली सार्वजनिक गरेपनि अन्य पनि छनोट गर्न बाँकी छ ।

प्रत्येक २२ वर्षमा ४ जनालाई मंगल ग्रहमा पठाउने योजना बनाएको मार्स वानले सन् २०२४ मा पहिलोपट ४ जनालाई पठाउने तयारी गरेको छ ।

उनीहरुलाई त्यहाँ पठाउनुअघि विभिन्न मंगल ग्रहको जस्तै वातावरणमा राखेर परीक्षण गरिनेछ । परीक्षणमा पास भए उनी मंगल ग्रह जानेछन् ।

विज्ञान विषय लिएर प्लस टु पढिरहेका समीर आफू मंगलग्रह जानेमा विश्वस्त छन् ।

मार्स वानले  बायो डाटा सहित ग्रहमा जान खोज्नुका कारणसहितको ३ मिनेटको भिडियो र तीनवटा प्रश्नको जवाफ पठाएका थिए । मंगल ग्रहमा जानको लागि विश्वभरबाट २ लाख भन्दा बढीले आवेदन दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।