चाणक्य नीति वा चाणक्य ज्ञान विश्वभर प्रसिद्ध मानिन्छ । चाणक्यका भनाइ तथा उनका नीतिहरु निकै नै शक्तिशाली र प्रभावकारी छन् । उनले समझदार व्यक्तिमा हुनुपर्ने गुणहरुबारे पनि व्याख्या गरेका छन् । समझदार व्यक्तिले बोल्नु भन्दा अगाडी सोच्नुपर्ने उनको कथन छ ।
आफ्ना तर्क तथा बोलीको असर कस्तो पर्नेछ भन्ने ख्याल राखेर मात्र समझदार व्यक्ति बोल्दछ । उसले बोल्दा कोही व्यक्तिलाई अपमान गरेर या होच्याएर बोल्दैन । उनका अनुसार समझदार व्यक्ति कम बोल्छ । उसले अरु व्यक्तिले भनेका कुराहरु बढी सुन्ने गर्दछ भने ती कुराहरुको गहिरो विश्लेषण गर्छ अनि मात्र आफ्नो प्रतिक्रिया दिने गर्दछ ।
समझदार व्यक्तिले विषय र परिस्थितिलाई बुझेर मात्र आफ्नो तर्क राख्छ । ऊ अरुसंग विवाद होइन तर्कसंगत कुरा गर्छ र अरु व्यक्तिको तर्कलाई सम्मान गर्छ । समझदार व्यक्तिले बोलीले जितेर आफूलाई ठूलो देखाउन चाहँदैन । उसमा घमण्ड पनि हुँदैन । त्यस्तो व्यक्ति केवल आफ्ना तर्कहरुलाई बलियो रुपमा प्रस्तुत गर्ने प्रयास गर्छ । उसले आफूलाई जानकारी नभएको विषयमा तर्क राखेर बहस गर्न खोज्दैन ।

भिडियाे हेर्नुहाेस्

धेरैजसो मानिसमा एउटा व्यक्तिसँग अर्को व्यक्तिको कुरा काट्ने बानी हुन्छ । यो बानी सबैभन्दा खराब बानी हो । यस्तो बानीले आफू अर्को अगाडी नराम्रो बनिन्छ । सुन्ने मान्छेले सुनिदिएतापनि उसमा हाम्रो बारेमा नराम्रो छाप बस्छ । आफूले एकजनासंग अर्को व्यक्तिको जसरि कुरा काटिएको छ, त्यसरी नै अर्को व्यक्तिले आफ्नो बारेमा कुरा काटेको हुनसक्छ । कुरा काट्ने व्यक्तिले आफ्नो व्यक्तित्वमा नै नराम्रो असर पारिरहेको हुन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।