काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले सफाई दिएको छ । अदालतले सफाइ दिएसँगै महरा आज सोमबारबाटै जेलमुक्त हुने भएका छन् ।
सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । मंगलबार नै उनको मुद्धाको अन्तिम सुनुवाई भए पनि हेर्दाहेर्दामै सकिएको थियो ।
संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो । पछि पीडित भनिएकी शाहीले आफूमाथि दुर्व्यवहार नभएको बताएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।