काठमाडौं । विभिन्न समयमा विभिन्न कम्पनीले विभिन्न क्षेत्रको अध्ययन गरिरहेको तपाई हामीलाई थाहा नै छ । एडल्ट साइट पोर्नहबले हालै एउटा तथ्यांक सार्वजनिक गरेको छ । जुन तथ्यांक भने पोर्न भिडियो हेर्ने सम्बन्धी छ । जस अनुसार विश्वमा इन्टरनेटमा पोर्न भिडियो हेर्ने हरेक चार जनामा तीनजनाले आफ्नो मोबाइल फोनमा हेर्ने गरेका छन् ।
पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ भने डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या क्रमश घट्दै गएको छ ।
सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ । यो संख्या सन् २०१८ को भन्दा १० प्रतिशतले बढी हो । मोबाइलबाट पोर्न सामग्री हेर्ने मामिलामा भारत पहिलो स्थानमा परेको छ । भारतमा इन्टरनेटमा हेरिने पोर्न सामग्रीमध्ये ८९ प्रतिशतले मोबाइलमा पोर्न सामग्री हेर्ने गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।