पुस २१ । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडे बिच  भेटवार्ता भएको छ ।

 सभापति कोइरालाको निवासस्थान महाराजगञ्जमा भएको भेटमा राजदूत बोडेले सभापति कोइरालालाई संविधानसभा निर्वाचनमा ठुलो दल  भएकोमा  र दुई स्थानबाट निर्वाचित हुनुभएकामा बधाई  दिएका थिए ।
 
 सभापति कोइरालाले संयुक्त राज्य अमेरिकाले नेपालमा लोकतन्त्रको स्थापना र संस्थागत विकासमा दिएको नैतिक समर्थनका साथै आर्थिक–सामाजिक विकासका लागि प्रदान गर्दै आएको निरन्तर सहयोगको प्रशंसा गरेका थिए।
 
 भेटवार्तामा संविधानसभा निर्वाचनपछिको राजनीतिक अवस्था तथा नेपाल र अमेरिकाको द्विपक्षीयसम्बन्धबारे पनि कुराकानी भएको बताइएको छ। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।