काठमाडौं । अख्तियार दुरुपयोग अनसन्धान आयोगले निवर्तनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई निगरानीमा राखेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले बिहीबार मन्त्री पदबाट राजीनामा दिएका थिए।

यससँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुन सक्ने भएकाले निगरानीमा राखिएको अख्तियार स्रोत बताउँछ,‘यत्रो काण्ड छ, निगरानी नगर्ने त कुरै भएन,’ स्रोतले भन्यो। अख्तियारले प्रेस खरिदका विषयमा बाँस्कोटाले गरेका कार्यको अध्ययन गरिरहेको छ। स्रोतका अनुसार बाँस्कोटासँग छिट्टै बयान लिने तयारी छ।

बाँस्कोटाको राजीनामा पछि कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिइसकेको । सम्बन्धित निकायसंग सम्पूर्ण विवरण समेत झिकाएको छ । आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।