काठमाडौं । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालीसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगार दिएको छैन । जापानले सरकारी संयन्त्रबाट कामदार लैजान रुचि नै नदेखाएको नेपाल सरकारको बुझाइ छ ।
नेपाल र जापानबीच २०१९ मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै ‘सहकार्य गर्न समझदारी ’ (एमओसी) मा हस्ताक्षर भएको थियो । जापानले गत अप्रिल १ बाट नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेपछि एमआसीमा हस्ताक्षर भएको हो । ‘ हामीले जापानसँग जी–टु–जीमा (सरकार–सरकारबीच) कामदार पठाउने गरी समझदारी गरेका हौँ । जी–टु–जीमा जापानको रुचि देखिएन ,’ श्रम , रोजगार तथा सामाजिक सुरक्षामन्त्री रायले बताउनुभयो । कान्तिपुर दैनिकमा प्रकाशित छ ।