कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या २२ सय ३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार बताएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुनेहरु वृद्धि भइरहे पनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ ।
शुक्रबार प्राप्त समाचार अनुसार यस भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको संख्या २२ सय ३६ जना पुगेको छ भने ७५ हजार ५७६ जना यस रोगबाट संक्रमित भएका छन् । भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी जनता प्रभावित छन् ।
Comments







