काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी टोलीलाई एमसीसी परिमार्जन गर्न नसकिने बाइबल नभएको भनेर प्रतिक्रिया दिएको बताएका छन् ।
बिहीबार बालुवाटारमा अमेरिकी सांसदहरुको टोलीलाई एमसीसी सम्झौता परिमार्जन नै गर्न नसकिने बाइबल होइन भन्ने जवाफ प्रधानमन्त्री ओलीले दिएको भन्दै प्रचण्डले प्रधानमन्त्री पनि एमसीसी संशोधनको पक्षमा रहेको बताए ।
नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन शनिबार बिहान नवलपुर आइपुगेका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी रिपब्लिकन र डेमोक्रेटिकको टोलीसँग कुराकानी हुँदा प्रधानमन्त्रीले नै यो एमसीसी भनेको जस्ताको त्यस्तै पास गर्नुपर्ने भन्ने कुनै बाइबल नभएको भनेर बताएका उल्लेख गरे ।
नेकपा कार्यदलले हिजो मात्र यथास्थितिमा एमसिसि पास गर्न नसकिने भन्दै संशोधन गरेर मात्र पास गर्नुपर्ने सुझाव दिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।