काठमाडौं । डा. पिङ यिनहुआ चीनका २९ वर्षीय डाक्टर हुन् । उनको बिहे हुने सबै तयारी भएको थियो । तर, उनले कोरोना भाइरस (कोभिड१९) संक्रमित बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गरे ।
दुःखदका साथ भन्नुपर्छ, हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत उनी आफैं रहेनन् । बिरामीको उपचार गर्दागर्दै उनी नै संक्रमित भए। जसको कारण गत बिहीबार राति उनको मृत्यु भयो ।
उनी फर्स्ट पिपल्स अस्पतालमा स्वास्थ्यप्रस्वास सम्बन्धीका विशेषज्ञ थिए । डा।यिनहुआ गत जनवरी २५ तारिखमा अस्पतालमा भर्ना भएका थिए र पछि ३० तारिखमा जिनयिनतान अस्पतालमा रिफर गरिएको थियो । यसअघि पनि कोरोनाको चेतावनी दिने ३४ वर्षीय लि वेनलियाङ चिनियाँ डाक्टर र अर्का एक अस्पतालको निर्देशकको कोरोनाबाट मृत्यु भइसकेको छ ।
चीनमा कोरोनाबाट हालसम्म २२ सय भन्दा बढी नागरिकले ज्यान गुमाईसकेका छन् । अझै यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।